• ५ जेठ २०८१, शनिबार

गोरखापत्रका सबै प्रकाशनलाई प्रविधिमैत्री बनाउँछौ : अध्यक्ष सुवेदी

blog

सिद्धार्थनगर, जेठ १ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीसहितको टोलीले बुटवलमा रहेको लुम्बिनी प्रदेश कार्यालयको अवलोकन गरेको छ । आइतबार भएको कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी, प्रशासन प्रमुख ओम भुसाल र कमला श्रेष्ठलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । 

सो अवसरमा कार्यकारी अध्यक्ष सुबेदीले गोरखापत्रको इतिहासलाई कायम राख्दै यसका सबै प्रकाशनलाई प्रविधिमैत्री बनाइने बताउनुभयो । गोरखापत्रले प्रकाशन गर्ने सूचना, समाचारलाई थप विश्वसनीय बनाउन सबैको भूमिका रहने उहाँको भनाइ छ । लुम्बिनी प्रदेश कार्यालयको काम प्रशंसायोग्य रहेको भन्दै अझै यसक्षेत्रमा पाठकहरुलाई जोड्दै जानुपर्ने उहाँले बताउनुभयो । 

संस्थानका प्रशासन प्रमुख ओम भुसालले गोरखापत्रमा धेरै नीतिगत सुधार गरिएको र देखिनेगरी प्रयासको थालनी गरिएको बताउनुभयो । उहांँले संस्थानको बिकास र पहुँंच बढाउन सबैको भुमिका रहेको भन्दै नयाँं ढंगबाट अगाडि बढ्ने बताउनुभयो ।

सो अबसरमा लुम्बिनी संयोजक श्यामशंकर पाण्डे, कार्यालय प्रमुख हरि सुवेदी, समाचारदाताहरु छवि पाण्डे, लक्ष्मण पौडेल, कपिल ज्ञवाली लगायतले गोरखापत्रलाई आम जनताको सहज पहुंँचमा पुर्याउनुपर्ने सुझाव दिनुभयो ।

Author

कपिल ज्ञवाली