• १९ असार २०८१, बुधबार

सङ्खुवासभा सभापोखरीमा काँग्रेस नेतृत्वको गठबन्धन विजयी

blog

ध्यान कुलुङ

सङ्खुवासभा, जेठ १ गते । जिल्लाको सभापोखरी गाउँपालिकामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्ष पदमा काँग्रेसका भिमबहादुर लिम्बु र नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष लक्ष्मी चापागाई निर्वाचित भएका हुन् । 

अध्यक्ष पदका उम्मेदवार लिम्बुले ३ हजार ७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार चापागाईले २ हजार ४३९ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष रत्नबहादुर सुब्बाले २ हजार ३०५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षका निकटतम् प्रतिद्वन्दी एमालेका सविता बरालले २ हजार ३७६ मत प्राप्त गर्नुभयो ।  

सभापोखरी गाउँपालिकाका ६ वडाहरु मध्ये वडा १, २ र ३ एमालेले जितेको छ । वडा नम्बर ४, र ६ मा गठबन्धन अन्तर्गतको काँग्रेसले जितेको छ । मित्रवत प्रतिष्पर्धा भएकोमा वडा नम्बर ५ मा पनि काँग्रेसले नै जितेको छ ।