• १३ साउन २०८१, आइतबार

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता, वडा १, २, ३ मा विजयी

blog

कीर्तिपुर, जेठ १ गते । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको   नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जन तेश्राे स्थानमा रहनुभएकाे छ । 

उपप्रमुखमा साेही पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको

दश वडा रहेको उक्त नगरपालिका मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो     

वडा नं मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको  । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो वडा नं मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो अन्य वडाको मतगणना जारी कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो