काठमाडौं, जेठ १ गते । बलिउड अभिनेता सलमान खानका भाइ अभिनेता तथा निर्देशक सोहेल खान र उहाँकी पत्नी सीमा खानबीच सम्बन्ध विच्छेद हुने भएको छ । सम्बन्धविच्छेदका लागि उहाँहरु मुम्बई पारिवारिक कोर्ट पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
उहाँहरूले विवाह गरेको २४ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार धेरै लामो समयदेखि अलगिएर बस्नुभएका उहाँहरूको दुई छोरा निर्भान र योहान छन् ।
सीमा फेसन डिजाइनर हुन् । उहाँ मुम्बईमा एउटा फेसन हाउस सञ्चालन गर्नुहुन्छ ।
सोहेल र सीमाबीच सन् १९९८ मा प्रेम विवाह भएको थियो ।