• ११ असोज २०८१, शुक्रबार

ताप्लेजुङमा १९ वटा वडाको परिणाम सार्वजनिक

blog

फुङ्लिङ नगरपालिका १० मा नवनिर्वाचित वडाध्यक्षसहित खुशीयाली मनाउँदै समर्थक । तस्बिर –चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङमा हालसम्म विभिन्न १९ वटा वडाको परिणाम (नतिजा) सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको परिणाम आउने क्रमसँगै जिल्लाका नौ स्थानीयका ६१ वडामध्ये अहिलेसम्म उक्त सङ्ख्यामा वडा तहको नजिता सार्वजनिक भएको हो । 

आइतबार दिउँसो १ः४० बजे सम्ममा सार्वजनिक भएको चुनावी परिणामअनुसार १० वटा वडामा विजयी हुँदै नेकपा एमालेले अग्रता लिएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले छ वटा र नेपाली काँग्रेसले चार वडामा विजयी हासिल गर्दै क्रमशः द्वितीय र तृतीय स्थानमा रहेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेको तर्फबाट मेरिङ्देन गाउँपालिका १ को वडाध्यक्षमा सविनकुमार चोङ्बाङ, वडा ५ मा जसमान केदेम, वडा ६ मा मनोजकुमार तुम्बाहाम्फे, सिदिङ्वा गाउँपालिका १ मा गोपाल बानिया, निर्वाचित हुनुभएको छ । 

यस्तै मिक्वाखोला गाउँपालिका १ मा राम फेम्सोहाङ लिम्बू र वडा २ मा झरेन्द्रप्रसाद थापा, पाथीभरा याङ्वरक गाउँपालिका १ मा दिलकुमार सुनुवार निर्वाचित हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका १ मा सिंहबहादुर इवारम, मैवाखोला गाउँपालिका ६ मा राजुमान थोप्रा र आठराई त्रिबेणी गाउँपालिका ४ मा अर्जुन आङ्बुहाङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

काँग्रेसको तर्फबाट फुङ्लिङ नगरपालिका १ मा रुद्र मादेन, सिदिङ्वा गाउँपालिका ७ मा लक्षुमन तामाङ, मैवाखोला गाउँपालिका ४ मा फुर्वा शेर्पा र सिरिजङ्घा गाउँपालिका ८ मा कृष्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रको तर्फबाट फुङ्लिङ नगरपालिका १० मा सन्तोष नुगो लिम्बू र वडा ११ मा युवराज भट्टराई (योगेश) निर्वाचित हुनुभएको छ । 

त्यस्तै फक्ताङ्लुङ गाउँपालिका १ मा यज्ञप्रसाद लिम्बू र वडा २ मा भूपेन्द्र चौलागाईं, आठराई त्रिबेणी गाउँपालिका ५ मा लक्ष्मण राई र मैवाखोला गाउँपालिका ५ को वडाध्यक्षमा केशरकुमार लिम्बू निर्वाचित हुनुभएको छ । जिल्लाका सबै स्थानीय तहमा मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।