• १५ असार २०८१, शनिबार

मुगुमा मिश्रित चुनावी परिणाम

blog

हरिकृष्ण ऐडी

मुगु , जेठ १ गते । नेकपा एमाले ३ स्थानमा वडfध्यक्षसहितको प्यानल विजयी भएकाे छ । नेपाली काँग्रेसले हालसम्म २  स्थानमा वडाध्यक्षसहितको प्यानलले  विजय हासिल गदै दाेस्राे स्थानमा रहेको छ । नेकपा माओवादीले २ स्थानमा वडाfध्यक्ष विजयी हुँदै तेस्रोमा  छ । अन्य कुनै दलले विजय हासिल गर्न सकेको छैन । 

नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकाको  वाडनम्वर २ मा प्रयोगलाल चौलागाईको प्यानल   ,  १३  मा वीर बहादुर खड्काको प्यानल ,   मुगमकार्मारोङ गाउँ पालिकाको वडा नम्बर ९ मा रतन बहादुर बुढाको  प्यानल विजयी भएको छ । नेपाली काँग्रेसबाट छायाँनाथ रारा नगरपालिका  १ मा पिआर मल्लको प्यानल विजयी हुनुभएको छ  ।  खत्याड गाउँ पालिकामा नेकपा  नेकपा माओवादी र नेपाली काँग्रेस को गठबन्धनबाट वडा नम्बर १मा  वडा अध्यक्ष सिंहबहादुर बुढा र वडा नम्बर  ११ मा रामकृष्ण कार्की  विजयी हुनुभएको छ । 

जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँ पालिकामा  वैशाख ३० गते  बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म निर्वाचन सम्पन्न भए खतापनि मतगणना भने आज आइतवार बिहान ९ बजे बाट मतगणना सुरु भएको छ । भनि साहायक निर्वाचन सोरु गाउँ पालिकाका निर्वाचन अधिकृत  निर्वाचन कार्यालयका विमल आचार्यले जानकारी गराउनुभयो । उहाँका अनुसार मतगणना ढिलो हुनुका कारण स्थानीय कार्यकर्ताबीच झगडा हुँदा समयमै मतगणना हुन नसकेको  आचार्यले भन्नुभयो ।