• ६ जेठ २०८१, आइतबार

पञ्चपुरीमा तीन वटा वडामा काँग्रेस र एक वडामा एमाले विजयी

blog

मुना हमाल

सुर्खेत, जेठ १ गते । पञ्चपुरी नगरपालिकाको हालसम्म चार वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म मतगणना सम्पन्न भएका चार वटा वडा मध्य तीन वटामा नेपाली काँग्रेस विजयी भएको छ भने एक वटा वडामा नेकपा एमाले विजयी भएको छ । 

निर्वाचन अधिकृत नविन कुमार भट्टका अनुसार वडा नं १ मा नेकपा एमालेका कर्ण बहादुर थापा मगर विजयी हुनु भएको छ । उहाँले ४७९ मत ल्याएर विजयी हुनु भएकाले निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो । 

यस्तै  वडा नं २ मा नेपाली काँग्रेसका यामबहादुर बिसी विजयी हुनु भएको छ । उहाँले ७२५ मत ल्याउनु भएको छ । 

वडा नं १० मा नेपाली काँग्रेसकै हरि प्रसाद ढकालले ६६१ मत ल्याएर विजयी हुनु भएको छ । वडा नं  ११ मा पनि नेपाली काँग्रेसका धन बहादुर माँझिले ४९४ मत ल्याएर विजयी हुनु भएको  निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो ।