• १० कात्तिक २०८१, शनिबार

यु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन खेलाडी

blog

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक ८ गते । युएईमा हुने आइसिसीयु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन जना खेलाडी छनोट भएका छन् ।

कात्तिक १९ गतेबाट २९ सम्म हुने प्रतियोगितामा क्यानको छनोटमा स्याङ्जाका कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी छनोट हुन सफल हुनुभएको हो ।

१४ खेलाडी छनोट भएकोमा गण्डकीका चार जना छनोट हुदाँ स्याङ्जाका तीन जना परेका हुन् । नेपाल, युएई, कुवेत र थाईल्याण्डको सहभागिता रहने प्रतियोगितामा कास्कीकी रचना चौधरी गण्डकी प्रदेशबाट छनोट हुने खेलाडी रहनु भएको छ ।

महिला क्रिकेटमा प्रदेशमा राम्रो प्रभाव पार्न सफल रहेको स्याङ्जाले यो पटक केन्द्रमा समेत सफलता प्राप्त गरेको स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापाले बताउनुभयो ।

महिला क्रिकेटमा ६ वर्षदेखि गरेको लगानी पहिलो पटक पाएको बताउँदै थापाले प्रदेशमा भने सिनियर टिममै १० जना पर्ने गरेको बताउनुभयो । यस छनोटमा शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ ।