• १३ साउन २०८१, आइतबार

धादिङका १२ वटा वडाको नतिजा सार्वजनिक

blog

मुरारी अधिकारी

धादिङ, जेठ १ गते । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ । मतगणना भएको पालिका अन्तर्गत हाल सम्म १२ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । 

मतगणना सम्पन्न भएको वडामा नेपाली काँग्रेसले ४ वटा नेकपा एमालेले ३ वटा, नेकपा माओवादीले ४ वटा र राप्रपाले १ वडा जित हासिल गरेको छ । नेपाली काँग्रेसका बेनिघाट रोराङ १, ३, रुविभ्याली १, नेत्रावती १, नेकपा एमालेले गल्छी १, २, ज्वालामुखी १, नेकपा माओवादीले धुनिबेंसी १, बेनिघाट २, रुविभ्याली २, नीलकण्ठ १ र राप्रपाले खनियाबास १ मा वडा अध्यक्ष पदमा विजयी भएका छन् । धादिङमा १३ वटा पालिका र १०४ वटा वडा छन् ।