• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरमा बालेनको अग्रता जारी

blog

काठमाडौं, जेठ १ गते । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । आइतबार बिहान ८:०० बजेसम्मको मतगणनामा नेकपा एमालेका केशव स्थापितले ९८५, नेपाली काँग्रेसकी सिर्जना सिंहले ८२५ मत प्राप्त गर्नुभएको छ । 

अहिलेसम्म वडा नं. १ र ३२ को मत गणना सम्पन्न भएको छ । वडा नं. २, ३ र ४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । यसैगरी, एमाले उपप्रमुखका उम्मेदवार सुनीता डङ्गोलको १७४३ र गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गर्नुभएको छ ।

प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन दास श्रेष्ठले १९१, स्वतन्त्रका सुमन सायमीको मत १६५ प्राप्त गर्नुभउको छ । निर्वाचन अधिकृत खतिवडाका अनुसार , तराजुमा २३, , तीरमा ६, खड्गमा ५, सुगामा एक र ढल्केको छातामा एक मत परेको छ । यसैगरी, उपप्रमुखमा हलोमा ४१३, लौरोमा २०६, आँखीझ्यालमा १७६, तराजुमा ७६, ढल्केको छाता र खड्गमा एक एक मत परेको छ ।