• १९ असोज २०८१, शनिबार

एमाले शितगंगाको अध्यक्षमा राना

blog

गणेश खनाल

अर्घाखाँची, असोज १९ गते । नेकपा (एमाले) शितगंगाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सञ्जय रानासहित ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । 

अधिवेशनले उपाध्यक्षमा नवराज भुसाल, सचिव माधव अधिकारी, उपसचिव देवीराम घिमिरे र राधा पाण्डेलाई चयन गरिएको नेकपा (एमाले) जिल्ला अध्यक्ष पीताम्बर भुसालले जानकारी दिनुभयो । एमाले असोजभित्रमा स्थानीय तह र कात्तिक भित्र वाड तहमा अधिवेशन सम्पन्न गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको छ ।