• १२ पुस २०८१, शुक्रबार

समय बदलिएछ ... (कविता)

blog

सम्झेर भन्छु अझै पाप चाहिँ के हो

 केही भन्नु छैन अब देशभित्र सरकार

 समय बदलिएछ 

सर्पले काँचुली फेरे झैँ 

 लाग्थ्यो बिरुवाले मात्र 

 पालुवा फेर्छ तर देशमा

 दिनुहुँ जस्तो मान्छेले 

 बालिका शोषण गर्छ

 किन दह्रोसँग कथा बन्छ

 देशभित्र चेली बलात्कृत भएर

 लगातार मारिन्छन् रुखले पालुवा

 फेरे झैँ  विक्षिप्तताले जिवितै 

 नासिदिन्छन् अँध्यारो पाटो बनाई !


 कागजका टुक्रा जस्ता सस्ता भए

 देशका चेलीहरू म भित्रभित्र दुखिरहेछु

 यो मलाई बिलकुलै ठिक लाग्दैन

 कुनै जानेर बलात्कार हुन्छन्

 कुनै फुल्नै नपाई अन्जानमै मारिन्छन्

 खै कसको दोष भनौँ दिनदहाडै देशमा

 समाचार बनिरहेछ किशोरीहरू मारिएर

 म सहाराको स्पर्श माग्छु बोलिदिनु पर्छ सरकार !


 अन्यायको ढोका खोलेर घोत्लिने किताब

 नबनोस् यो संसार एउटा निजी विद्यालयहरूमा 

 पढ्ने चेली किन बेपत्ता पारेर मारिन्छन् 

 चक्षुभरि मेरा आँसु भरिए

देशमा वातावरण पनि विषाक्त भए

 साँच्चै यो दुनियाँ पनि बदमास भए 

 सभ्य चेलीका अस्मितामाथि खेलबाड गरिए 

 बतासले जता फर्काउँछ चेलीहरू फर्कनु पर्‍यो

न्याय नमिलेको यो हाम्रो देशमा

 बलात्कारी र पिपासु बढ्दो छ !

 

बाबुआमाका चीत्कार चुपचाप सहेर पिरोलीरहेछ

 किन छोरीहरू यो जमानामा हावामा उडिरहे

 मस्त विलीन भएर निदाइरहे 

 केही त बोलिदिनु पर्‍यो सरकार 

 सजल आँखाहरू सदा सुतिरहे 

 आधार पाइँदैन हक मानिँदैन

 पापका शक्ति बढिरहे

 पीडितले न्याय भेट्नु पर्छ देशभित्र सरकार

 न्यायलाई सजिलो गरी मार्नु हुन्न निर्मला पन्त झैँ !

   

Author

लक्ष्मी बडाल