• १९ असोज २०८१, शनिबार

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, असोज १६ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपियाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपियाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ५८ रुपियाँ ७५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४० पैसा र बिक्रीदर ९२ रुपियाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९४ पैसा र बिक्रीदर ९९ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय चार रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ७१ पैसा र बिक्रीदर ३६ रुपियाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १३ पैसा र बिक्रीदर ३२ रुपियाँ २८ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ११ पैसा र बिक्रीदर १३ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २१ पैसा र बिक्रीदर १७ रुपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपियाँ ९६ पैसा र बिक्रीदर तीन सय ५६ रुपियाँ ५५ पैसा तोकेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस