• १४ असार २०८१, शुक्रबार

लक्ष्मीपुरको झडपमा १५ घाइते

blog

यादवराज पुरी
रौतहट, वैशाख ३० गते ।
मतदानको क्रममा रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

मतदानकै क्रममा लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान स्थलमा दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । झडपमा अहिलेसम्म १५ जनाको टाउकोमा चोट लागेको जनाइएको छ ।

यस्तै, जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ । सितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।