• १३ असोज २०८१, आइतबार

छात्रछात्राद्वारा मतदातालाई स्वच्छ पिउने पानी वितरण

blog

स्वच्छ पानीको बोतल बोकेर मतदानस्थल जाँदै विद्यार्थी । यादवराज पुरी/रौतहट ।

यादवराज पुरी
रौतहट, वैशाख ३० गते ।
रौतहटको एक निजी विद्यालयले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पुगेका मतदातालाई स्वच्छ पिउने पानी वितरण गरेको छ ।

मतदान गर्न लाममा बसेका तथा मतदान स्थल बाहिर रहेका मतदाताको प्यास मेटाउन चन्द्रपुर–३ स्थित जीवनज्योति इङ्गलिस बोर्डिङ् स्कुलका छात्र छात्रा तथा शिक्षकले स्वच्छ पिउने पानी वितरण गरेका हुन् ।

अत्यधिक गर्मीले तिर्खा लागेर ब्याकुल बनेका मतदाता स्वच्छ पानीको बोतल पाउँदा निकै हर्षित भएका छन् । चन्द्रपुर–३ गैंडाटार माध्यमिक विद्यालय मतदानस्थलमा उम्मेदवारले सामान्य पिउने पानीको समेत व्यवस्था नगरेको जानकारी पाएपछि विद्यालयले करिब चार हजार बोतल पानीको व्यवस्थापन गरी वितरण गरेको विद्यालयका प्रिन्सिपल उमेश पुलामीले बताउनु भयो ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी र विद्यालयका शिक्षकको सहयोगमा मतदातालाई पानी वितरण गरिएको छ ।