• १९ असार २०८१, बुधबार

रुकुमकोटमा किरियापुत्रीद्वारा मतदान

blog

राजु लामिछाने
रुकुम पूर्व, वैशाख ३० गते ।
रुकुम पूर्वमा किरियापुत्रीले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनको मतदानको दिन जिल्लाको सिस्ने गाउँपालिका–५ टाकुराका एकाघरका चारजना किरियापुत्रीले मतदान गर्नुभएको हो । गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरी कुमारी शाहले मतदान गर्नुभएको हो ।

उहाँहरुले सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

यसैबीच, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ मा दिउँसो मतदान सुरु भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी कार्यकर्ताबीचको विवादको कारण सुरु हुन नसकेको मतदान दिउँसो सहमतीपश्चात् सुरु भएको जिल्ला निर्वाचन अधिकारी तेजबहादुर ओलीले बताउनुभयो ।