• ११ असोज २०८१, शुक्रबार

ट्रक दुर्घटनामा चालकको मृत्यु

blog

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–५ स्थित ३७ किलोमा दुर्घटना भएको ट्रक । तस्बिर : जिप्रका काभ्रेपलान्चोक

केदार तिमल्सिना 

बनेपा, असोज १० गते । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–५ स्थित ३७ किलोमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख १२८१ नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक सिन्धुली जिल्ला मरिण गाउँपालिका–१ का २८ वर्षीय रमेश ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

धुलिखेलबाट पाँचखालतर्फ गइरहेको उक्त ट्रक बिहीबार दिउँसो १ बजे सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते ट्रक चालक मगरको उपचारको क्रममा दिउँसो ३ः१७ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो । 

सवारी चालक अनुमति पत्र र नागरिकताको फोटोकपीको आधारमा मृतक मगरको पहिचान गरिएको थियो । मृतकको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।