• ११ असोज २०८१, शुक्रबार

रेल यातायातका लागि विश्वव्यापी हब बन्ने टर्कीको लक्ष्य

blog

फाइल तस्बिर

अङ्कारा, असोज ८ गते । टर्कीले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबकोरुपमा स्थापित गर्ने लक्ष्य राखेको टर्की यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनुभएको छ । 

“हामी हाम्रो उच्च-गति र परम्परागत रेल प्रणालीलाई सन् २०५३ सम्म विस्तार गर्ने योजनाको साथ अगाडि बढिरहेका छौं”, उरालोग्लुले भन्नुभयो । हाल १४ हजार किलोमिटरमा फैलिएको उच्च-गति रेलवे नेटवर्कमा आठ हजार ५५४ किलोमिटर नयाँ रेलमार्ग थपिने उहाँले बताउनुभयो । 

टर्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क सुधार गर्न रेलवे, बन्दरगाह, औद्योगिक केन्द्र र लजिस्टिक हबबिच एकीकरण गराउने लक्ष्य राखेको उरालोग्लुले जोड दिनुभयो ।

साथै, उहाँले माल ढुवानी र यात्रु यातायातला लागि  रेल क्षेत्रको रणनीतिक महत्वबारे प्रकाश पार्नुभएको छ । मन्त्रालयले रेललाई एयरपोट र बन्दरगाहहरुसँग जोडेको छ र हाम्रो लक्ष्य देशभर रेलको सुविधालाई सुदृढ पार्ने लक्ष्य राखेको  छ । रासस/सिन्ह्वा