• १८ असार २०८१, मङ्गलबार

‘निर्धक्क मतदान गर्न अपील’

निर्वाचनको सम्पूर्ण व्यवस्थापन चुस्त बनाएका छौँ : प्रधानमन्त्री देउवा

blog

धनगढीमा बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह 
धनगढी, वैशाख २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (वैशाख ३० गते) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशबासीमा अपील गर्नुभएको छ। 

प्रधानमन्त्री देउवाले धनगढीमा बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग कुरा गर्नुहुँदै  सबै मतदातालाई निर्वाचनमा सरिक हुन अपील गर्नु भएकाे हाे ।  ‘‘बालिग मताधिकार तपाई हाम्रो संवैधानिक अधिकार हो’’, उहाँले भन्नुभयाे ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो भन्दै प्रधानमन्त्री देउवाले सन्देशमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएको उल्लेख गर्नुभएको छ। 

स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतीको संस्थागत विकासमा योगदान पुर्याउन प्रधानमन्त्री देउवाले सबैमा आग्रह पनि गर्नुभएको छ। 

वि.सं. २०७४ को स्थानीय तहको निर्वाचन गराउँदा पनि देउवा नै देशको प्रधानमन्त्री हुनुहुन्थ्यो। नयाँ संविधान जारी भएपछि मधेसमा उत्पन्न उत्पन्न असन्तुष्टिलाई सम्बोधन गर्दै उहाँले तीन चरणमा स्थानीय तहको निर्वाचन गराउनु भएको थियो। यस वर्ष भने देशको राजनीतिक अवस्था सहज भएकाले एकै चरणमा भोलि शुक्रबार ७५३  स्थानीय तहको निर्वाचन हुँदैछ।