• ११ असोज २०८१, शुक्रबार

करेन्ट लागेर बालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असोज ७ गते । सर्लाहीको सिसौटियामा करेन्ट लागेर दुई वर्षका बालकको मृत्यु भएको छ । 

गोडैता नगरपालिका–१०, सिसौटिया निवासी सुदिश चौधरीका छोरा दुई वर्षीय आयुष कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । ओच्छ्यानमा बसेर खेलिरहेका बालकले बिजुलीको प्लकमा औँला हाल्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । 

उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।