• ११ असोज २०८१, शुक्रबार

रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु

blog

सञ्जय कुमार मिश्र
गौर, असोज ७ गते ।
जितिया पर्वका लागि पोखरीमा नुहाउन गएकी एक महिलाको सोमबार डुबेर मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुर गाउँमा रहेको पोखरीमा जितिया पर्वका लागि नुहाउन जानुभएकी ४५ वर्षीया गिरिजा देवीको डुबेर मृत्यु भएको हो ।

पोखरीमा महिला डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरीको बिओपी बेलविछवा र प्रहरी चौकी बेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहनुभएकी उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

अस्पताल ल्याउने क्रममै उहाँको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताउनुभयो ।

छोराको दीर्घायुका लागि महिलाहरुले जितिया पर्व मनाउने गर्छन । जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन छ । सोही अनुसार गाउँमा रहेको पोखरीमा नुहाउन जानुभएकी प्रमोद साह कानुकी श्रीमती गिरिजा देवीको सोमबार बिहान डुबेर मृत्यु भएको हो ।