• ११ असोज २०८१, शुक्रबार

फुटसल प्रतियोगिताको उपाधि रोयल क्लबलाई

blog

खेलाडीलाई बल हस्तान्तरण गर्नुहुँदै वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख दिलिप प्रताप खांण । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, असोज ७ गते । स्याङ्जाको वालिङमा भएको जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि रोयल क्लबले जितेको छ । यस्तै वीड गाईज समूह दोस्रो भएको छ ।

वालिङको द ब्रदर्शको आयोजनामा भएको दोस्रो फुटसल प्रतियोगितामा २२ समूहको सहभागिता रहेको थियो । 

दोस्रो संस्करणको प्रतियोगिताको समापनमा बोल्नुहुँदै वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खांणले द ब्रदर्शले नयाँ खेलाडीहरू उत्पादन गर्न र पुराना खेलाडीहरूलाई प्रोत्साहनका लागि प्रतियोगिताहरूको निरन्तरता रहनु पर्ने बताउनुभयो । वालिङमा खेल क्षेत्रको विकास तथा खेलाडीहरूको क्षमता विकासकालागि पनि विशेष ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । 

प्रतियोगितामा सङ्कलन भएको रकमबाट सामाजिक उत्तरदायित्वका क्षेत्रहरूमा सहयोग गरिने द ब्रदर्शका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो र दोस्रो हुने समूहले क्रमशः नगद ३१ हजार १११ र द्वितीय पुरस्कार १५ हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।