• २६ पुस २०८१, शुक्रबार

प्रसूतिगृहले पायो ५७ लाख बराबरको एम्बुलेन्स र मेसिन

blog

काठमाडौँ, भदौ २५ गते।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) ले एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त गरेको छ।  

बागमती प्रदेशका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा अस्पतालले एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त गरेको अस्पतालकी सूचना अधिकृत रानु थापाले जानकारी दिनुभयो।  

 थापाका अनुसार प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद दीपेन्द्रले प्रसूतिगृहलाई ५७ लाखभन्दा बढी लागतको एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्रदान गर्नुभएको हो।  

एम्बुलेन्स सञ्चालनको अनुमति  प्राप्त गरिसकेकाले सोमबार सांसद दीपेन्द्रले अस्पताललाई हस्तान्तरण गर्दै एम्बुलेन्सको उद्घाटन गर्नुभएको हो। 

उहाँले भन्नुभयो, “एम्बुलेन्स र एनेस्थेसिया मेसिन मङ्गलबारबाट सञ्चालनमा आइसकेको छ। दीपेन्द्र श्रेष्ठ पर्यटनमन्त्री हुँदा अस्पताललाई एम्बुलेन्स र एनेस्थेसिया दिने निर्णय गर्नुभएको थियो। ” 

बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको सक्रियतामा प्राप्त एम्बुलेन्स र एनेस्थेसिया मेसिनबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आउने सेवाग्राही लाभान्वित हुने थापाको विश्वास छ।