• १७ असार २०८१, सोमबार

‘गाडी चढ्दिनँ, एम्बुलेन्स किन्छु’

blog

मुगु समाचारदाता

मुगु, वैशाख २४ गते । मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका विष्णुकुमार भामले आफू नगरप्रमुखमा विजयी भए सरकारबाट पाउने सेवासुविधा नलिने प्रतिबद्धता गर्नुभएको छ । पाँच वर्षसम्म पाउने रकमबाट तीनवटा एम्बुलेन्स खरिद गर्ने योजनासमेत उहाँले सार्वजनिक गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार भामले जनताको आम्दानीमा परिवर्तन नआएसम्म विकास भएको अनुभूति नहुने भन्दै आफूले जितेमा जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासमेत गर्नुभएको छ । पछिल्लो समय जनप्रतिनिधिमा विलासी जीवनशैली बढेको बताउँदै छायाँनाथ रारा नगरपालिकाको समृद्धिका लागि आफू लागिपर्ने उहाँले जनाउनुभयो ।