• ८ वैशाख २०८३, मङ्गलबार

जबरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

blog

शङ्कर केसी

सल्यान, वैशाख ८ गते । जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट एक जना फरार प्रतिवादीलाइ पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–६ निवासी ३० वर्षीय मोहन विक भनिने होमबहादुर चलाउने रहेका छन् । उनी विगत १४ वर्षदेखि जबरजस्ती करणी मुद्दामा फरार रहँदै आएका थिए । 

प्रहरीले विशेष सूचनाको आधारमा खोजी कार्य गर्दा आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रतिवादीलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।