• १७ असार २०८१, सोमबार

निर्भयसाथ मतदानमा सहभागी हुन मुख्यमन्त्री शाहीको आग्रह

blog

राजन रावत

हुुम्ला, वैशाख २३ गते । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्भयसाथ मतदानमा सहभागी हुन मुख्यमन्त्री जीवनबहादुर शाहीले मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचन गतिविधिको अनुुगमनका लागि जिल्लामा आई पुुग्नुुभएको कर्णालीका मुख्यमन्त्री शाही सो कुरा बताउनुुभएको हो ।

गृह जिल्लामा आई पुुगेलगत्तै मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने बताउनुभयो । भयरहित बातावरणमा मतदान गर्न सबै मतदातालाई आग्रह पनि उहाँले गर्नुभयो । मुख्यमन्त्री शाहीले मतदातालाई आगामी पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि योग्य र सक्षमलाई छान्न आग्रह गर्नुभयो । 

निर्वाचनका लागि हालसम्म भएका गतिविधिको जानकारी समेत उहाँले लिनुुहुने भएको छ । उहाँले निर्वाचनका लागि सुुरक्षाको अवस्थाबारेमा पनि जानकारी लिने बताउनुुभयो । एक अर्को प्रसंगमा मुख्यमन्त्री शाहीले आफू पनि हुम्ला जिल्लाकै मतदाता भएको कारण मतदान कार्यमा भाग लिने बताउनुुभयो । मुख्यमन्त्री शाही खार्पुनाथ गाउँपालिका–५ का स्थायी बासिन्दा हुनुुहुन्छ । 

वैशाख ३० गतेको निर्वाचनमा खार्पुनाथ गाउँपालिकाको भकुुण्डा मतदान केन्द्रमा उहाँले मतदान गर्नुहुनेछ् । यसअघि सिमकोट विमानस्थलमा मुख्यमन्त्री शाहीलाई प्रमुख जिल्ला अधिकारी सीता परियार, सुरक्षा निकायका प्रमुख काँग्रेस तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । यो मुख्यमन्त्री शाहीको तेस्रो पटक जिल्लामा आगमन हो । उहाँ एक हप्ता जिल्लामा बस्नुुहुनेछ । स्थानीय तहको निर्वाचनको अनुुमगनका लागि हवाईजहाजबाट मुख्यमन्त्री शाही जिल्लामा आज आउनुभयो ।