• १२ साउन २०८१, शनिबार

भारी वर्षा बारे अध्ययन गर्दे विज्ञ टोली

blog

भारी वर्षा हुनाको कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागको विज्ञ टोली । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा भारी वर्षा हुनाको कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागको विज्ञ टोलीले अध्ययन गरेको छ ।

असारको २३ र २४ गते कञ्चनपुरको दोधारा, चाँदनीमा ६२४ , सुन्दरपुरमा ५५६.४ हनुमान नगरमा ५७३.६ वर्षा मापन भएको थियो । 

ती क्षेत्रमा इतिहासमै सबैभन्दा धेरै वर्षापछि विभागले त्यसको कारण पत्ता लगाउन विज्ञ टोली पठाएको महाकाली बेसिन अत्तरियाका प्रमुख ई. सञ्जयकुमार साहले बताउनुभयो ।

वर्षा बढी हुनाको कारण बारे सरोकारवालाहरूले समेत जिज्ञासा राखेपछि विभागले मौसम विद् डा. इन्दिरा कँडेलको नेतृत्वमा स्थलगत अध्ययन अवलोकन तथा उपकरण परीक्षणको कार्य हुने भएको ई. साहले बताउनुभयो । 

टोलीले सो क्षेत्रको अध्ययन गरेर प्रभावित क्षेत्रका सरोकारवालाहरूसँग आवश्यक छलफल समेत गरेको छ । सो टोलीमा जल तथा मौसम विभागका शान्ति कँडेल, सुदर्शन हुमागाईँ र महाकाली बेसिनका प्रमुख ई.साह सहभागी हुनुहुन्छ ।

सो टोलीले आवश्यक अध्ययन गरेर काठमाडौँ फर्किएको ई. साहले बताउनुभयो । विज्ञ टोलीलाई स्थानीयहरूले मौसम विभागले समयमै मौसमको पूर्वानुमान बारे जानकारी दिएकोले क्षति कम भएको बताएका थिए ।