• १२ साउन २०८१, शनिबार

जासुसीको आरोप ‘फिर्ता लिन’अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

blog

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज

सिड्नी (अस्ट्रेलिया), असार २९ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले शनिबार मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई अस्वीकार गर्दै क्रेमलिनलाई फिर्ता लिन आग्रह गर्नुभएको छ । 

मस्कोलाई विश्वभरि जासुसी मा सङ्लन्न भएको आरोप लगाउँदै अल्बनिजले रुससँग कुनै विश्वसनीयता नभएको बताउनुभयो । उहाँले ब्रिस्बेनमा एक कार्यक्रममा बोल्दै रुसले सन्देश प्राप्त गर्न सक्छ: पछाडि हट्नु होस भन्नुभयो ।

अस्ट्रेलियाली प्रहरीले शुक्रबार ४० वर्षीया महिला र उहाँका–६२ वर्षीय पतिलाई रुसी पासपोर्ट वहाक–जासुसी अपराधको तयारी गरेको आरोप लगाएको भन्दै रुसी दूतावासले गरेको आलोचनाको जवाफ दिँदै अल्बनिजले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

सामाजिक सञ्जाल एक्सको पोस्टमा, क्यानबेरामा रहेको रुसी दूतावासले गिरफ्तारी र मिडिया कभरेज “अस्ट्रेलियामा रुसी विरोधी पागलपनको अर्को लहर सुरु गर्ने उद्देश्यले” भएको जनाएको छ । 

दूतावासले स्थितिमा अस्ट्रेलियाली अधिकारीबाट आधिकारिक लिखित जानकारी अनुरोध गरेको जनाएको छ ।

बिहीबार ब्रिस्बेनमा आफ्नै घरमा पक्राउ परेका दम्पतीलाई अस्ट्रेलियाली सेनाबाट राष्ट्रिय सुरक्षासम्बन्धी सामग्री प्राप्त गरेको आरोप लगाइएको छ । दोषी ठहरिएमा उनीहरूले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्छ ।

अभियुक्त महिला अस्ट्रेलियन डिफेन्स फोर्समा निजी र त्यहाँ धेरै वर्षदेखि सूचना प्रणाली टेक्निसियनको रूपमा काम गरिरहेको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।

उहाँले कथित रूपमा सेनाबाट लामो अवधिको बिदाको समयमा रुसको गैर–घोषित यात्रा गर्नुभएको थियो । 

रुसमा हुँदा, उहाँले आफ्ना पति, (एक स्व–रोजगार मजदुर)लाई अस्ट्रेलियामा आफ्नो आधिकारिक खातामा कसरी लग इन गर्ने भनेर बताएको उल्लेख छ ।

उहाँका पतिले अनुरोध गरिएको सामग्रीमा रुसमा आफ्नी श्रीमतीलाई पठाउने गरेको प्रहरीले आरोप लगाएको छ ।

प्रहरीका अनुसार अभियुक्त महिला र उहाँका पतिले क्रमशः २०१६ र २०२० मा अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका थिए ।

दम्पती शुक्रबार ब्रिस्बेनको मजिस्ट्रेट अदालतमा छुट्टै उपस्थित भए । दुवैलाई सेप्टेम्बर–२० मा अर्को सुनुवाइका लागि हिरासतमा राखिने छ ।

अल्बनिजले युक्रेनमा चलिरहेको द्वन्द्वका लागि क्रेमलिनको पनि आलोचना गर्नुभएको छ । 

तपाईँ युक्रेनबाट बाहिर निस्केर तपाईँ संलग्न भएको अवैध र अनैतिक युद्धलाई कसरी रोक्नु हुन्छ भन्ने प्रश्नसहितको सन्देश रुसलाई छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीले रुसलाई अन्य सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न पनि आह्वान गर्नुभयो । 

अल्बनिजले रुसलाई अन्तर्राष्ट्रिय कानुनप्रति कुनै सम्मान नभएको देशको संज्ञा दिँदै उनीहरूलाई तिरस्कारका साथ लिनुपर्ने र आफूले त्यसै गर्ने गरेको उल्लेख गर्नुभएको छ । रासस/एएफपी