• १२ साउन २०८१, शनिबार

गाजामा इजरायली कारबाहीमा ३२ जनाको मृत्यु

blog

गाजा, असार २८ गते । इजरायली आक्रमणले गाजा पट्टीमा थप ३२ जनाको ज्यान लिएको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।

युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा पुग्ने दिशामा वार्ता जारी रहँदा तटीय क्षेत्रको उत्तरदेखि दक्षिणसम्म लडाइँ जारी छ ।

हमासका लडाकुले अक्टोबर ७ मा कम्तीमा एक हजार २०० जनाको ज्यान लिने गरीे दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमण र २०० भन्दा बढी बन्धक बनाएपछि जवाफमा इजरायलले गाजा क्षेत्रमा हमासविरूद्धको कारबाही सुरू गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाद्वारा निरन्तर गरेको आक्रमणको पछिल्लो शृङ्खलामा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।मृतकमध्ये अधिकांश बालबालिका र महिला छन् ।

हमास निकटस्थ सञ्चारमाध्यमले उत्तरमा गाजा सहर, मध्यक्षेत्रमा नुसिरात शरणार्थी शिविर, दक्षिणमा खान युनिस र रफाहका धेरै स्थानमा ७० भन्दा बढी हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।

इजरायली सेनाले शुक्रबार इजिप्टको सीमा नजिकै रहेको रफाहमा सेनाले अपरेसन जारी राखेको बताएको छ । रासस/एएफपी