• १२ साउन २०८१, शनिबार

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु

blog

गाजा, असार २७ गते । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।

इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा शहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अब्दा स्कुलको गेटलाई निशाना बना आक्रमण गरेका थिए ।

चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए । उक्त क्षेत्रमा भीडभाड भएका कारण पीडितको सङ्ख्या बढ्नसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतङ्ककारीलाई आक्रमण गरेको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल