‘मधुपर्क’ मासिक आफ्नो छपन्न वर्षको वयसन्धि पूरा गरी सन्ताउन्नौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो छ सय छप्पन्न अङ्क प्रकाशित गरिसकेको यसले यस किसिमको लामो समयावधिभित्र नेपाली भाषा, साहित्य र वाङ्मयको क्षेत्रमा निश्चय पनि उल्लेख्य योगदान थप्दै आएको छ । आफ्नो प्रकाशन यात्राका क्रममा ‘मधुपर्क’ ले अनेकौँ किसिमका विध्नबाधा र आँधीबेहरी आदिको सामना गर्नु नपरेको होइन । यस क्रममा केही वर्षअघि यसको प्रकाशन नै बन्द गरिन लागेको चर्चा–परिचर्चा पनि चलेकै हो । हावा नलागी त्यसै पात हल्लिएको पनि होइन ।
गोरखापत्र संस्थानबाट प्रकाशित हुँदै आएको र लोकप्रिय पनि बन्दै गएको ‘मनोरम अप्सरा’ मासिक प्रकाशनलाई अनायश बन्द गरिएलगत्तै संस्थानबाट प्रकाशित हुने ‘मधुपर्क’ मासिकका साथै अन्य मासिक प्रकाशन पनि बन्द गरिने हो कि भन्ने चिन्ता र चासो यसलाई माया गर्नेहरूबाट त्यसबेला अभिव्यक्त भएकै हो । गोरखापत्र संस्थानबाट प्रकाशित ‘मनोरम अप्सरा’ मात्र होइन, ‘द नेपलिज पर्सपेक्टिभ’, ‘सन्डे डिस्प्याच’ र गोरखापत्र दैनिककै सायँ संस्करण पनि समय–क्रममा बन्द गरिएको पाइन्छ । यस किसिमले प्रकाशन बन्द गर्नुको सट्टा समाजको सामाजिक रुचि अनुसारका थप नयाँ पत्रिका प्रकाशन गर्ने दिशामा संस्थानको ध्यान आकर्षित हुन सके त्यसलाई राम्रै मान्नु पर्छ ।
साहित्यलाई अनुत्पादक विषय ठान्ने र सेवा भावभन्दा व्यापारिक मुनाफाप्रति समर्पित हुने सोच भएका केही जिम्मेवार व्यक्तिहरूमा यदाकदा पत्रिका बन्द गर्ने सोच विकसित हुने गरे पनि त्यस किसिमको सोच पराजित भई ‘मधुपर्क’ ले निरन्तरता प्राप्त गर्नुलाई ठुलै उपलब्धिको विषय मान्नु पर्छ । जे जस्तो भए पनि ‘मधुपर्क’ मासिकले आपूmसामु उपस्थित हुनपुगेका विध्नबाधा हटाउँदै विभिन्न मानसिक खुराक लिएर यसले पाठकसामु आपूmलाई निरन्तर उभ्याउँदै आएको पाइन्छ । यो नेपाली साहित्य र समाजकै लागि अत्यन्त महìवपूर्ण प्राप्ति पनि हो । आफ्नो लामो यात्राको अविरल गतिका क्रममा यदाकदा विध्नबाधाकै ठेस लाग्न पुगी संयुक्ताङ्कका रूपमा पनि यो पाठकसामु नझुल्किएको होइन । समय समयमा यसले आफ्नो स्वरूप परिवर्तन पनि गरेको पाइन्छ । यसले विविध विषययुक्त मासिक प्रकाशनका रूपमा आपूmलाई प्रस्तुत नगरेको पनि होइन । यस किसिमको परिवर्तनका क्रममा कतिपय नवीन पक्षहरूलाई समेत समेट्दै यो प्रकाशनले आपूmलाई आफ्नो गन्तव्यमा निरन्तर अघि बढाउन सक्नु र चिरञ्जीवी भएर अझ गतिशील तुल्याउन सक्नु निश्चय पनि महìवपूर्ण विषय हो ।
समय समयमा विविध किसिमका परिवर्तन देखा परे पनि ‘मधुपर्क’ मासिकका सारथिहरूले यसलाई जोगाए र बढी मात्रामा साहित्यिक पत्रिकाकै रूपमा अघि बढाए । अद्यापि यसले आपूmलाई नेपाली साहित्यका विविध विधाको साझा चौतरीकै रूपमा निरन्तरता दिइरहेको पाइन्छ । यस व्रmममा समाजमा सकारात्मक सोचको विकास र विस्तार गर्ने व्रmममा रूढिवादी सोच र परम्परालाई व्रmमिक रूपमा विस्थापित गर्दै सभ्य, सुसंस्कृत र समुन्नत समाज–निर्माणमा ‘मधुपर्क’ मासिकले अत्यन्त सार्थक भूमिका निर्वाह गर्दै आएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन ।
समाज, यसको संरचना र समाजका सदस्यहरू अनि विविध किसिमका व्यावहारिक व्रिmयाकलापहरूको अध्ययनमा आधारित विवेचनाबाट साहित्यले एक किसिमले सही सामाजिक रूपान्तरणका पक्षमा आफ्नोतर्पmबाट सार्थक योगदान दिइरहेको हुन्छ । यसले साहित्य र समाज बिच एकअर्कामा आश्रयाश्रयीभाव र अन्योन्याश्रित सम्बन्ध गाँसिएको हुन्छ भन्ने तथ्यलाई स्वतः स्पष्ट गर्दछ । समाजमा मानिसहरूका सम्पूर्ण पक्ष समाहित भएको हुन्छ भने यही समाजको यथार्थ प्रतिविम्ब साहित्यका माध्यमबाट अभिव्यक्त भइरहेको हुन्छ । यस तथ्यलाई मनन गर्दा पनि साहित्य र समाजका बिच अङ्गाङ्गी सम्बन्ध गाँसिएको हुन्छ भन्ने स्पष्ट नै छ । ‘मधुपर्क’ मासिकमा समावेश विविध स्रष्टाका सामग्रीहरूले समाजलाई सही गन्तव्य प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेको मान्न सकिन्छ । समाजका आशा–निराशा, हर्ष–विस्मात्, आवश्यकता आदि विविध पक्ष साहित्यमा समाहित भएका हुन्छन् । यही कारणले गर्दा सही साहित्यले मानव–हृदयलाई राम्ररी स्पर्श गर्ने सामथ्र्य पनि बोकेको हुन्छ । साहित्यमा सदैव लोकरुचि रहनुको कारण पनि यसमा सामाजिक सत्य स्थापित भएको पाइनु नै हो । साहित्यको अर्को नाम नै जीवन–सत्य हो । समाजका विविध अनुभव र अनुभूतिमा आधारित सामाजिक यथार्थ नै यसका माध्यमबाट अभिव्यक्तिन पुगिरहेको हुन्छ ।
साहित्य जीवनकै कल्पनाकुशल अभिव्यक्ति पनि हो । अति सूक्ष्म रूपमा जीवनका अवाञ्छित व्रिmयाकलापलाई केलाएर जीवनको आलोचनाबाट सही जीवन प्रदान गर्ने काममा साहित्यले आफ्नोतर्पmबाट यथेष्ट भूमिका निर्वाह गरिरहेको हुन्छ । यही कारणले गर्दा साहित्यलाई समसामयिक जीवनको प्रतिविम्ब मनिन्छ । समाजका विविध समस्यामाथि प्रकाश पार्दै जीवन बाँच्न सिकाउने व्रmममा चेतना छर्ने उज्यालो हो– साहित्य । यो मानिसमा नवीन उत्साह जगाउँदै जीवनका कठिनाइबाट पार पाउन आपैmँभित्र आत्मविश्वास, आत्मबल र दृढता जाग्रत गर्ने आधार हो । समाज सुहाउँदो आचरण प्रदर्शन गर्दै व्यक्तिलाई सभ्य र सुसंस्कृत समाज निर्माणका पक्षमा अग्रसर तुल्याउन सक्ने प्रेरणाशक्ति हो । यही शक्तिकै कारण समाजमा सामाजिक परिवर्तन ल्याउन सकिन्छ । यसका लागि साहित्यले मन बहलाउने वा मनोरञ्जन प्रदान गर्ने उद्देश्यभन्दा माथि उठेर मानिसमा मनुष्यत्वको भावना जागृत गर्ने उद्देश्य सँगाल्नु पर्छ । यही नै साहित्य र यसका स्रष्टाहरूको प्रमुख उद्देश्य हो र यो सामाजिक रूपान्तरणको सही बाटो पनि हो । यस तथ्यलाई मनन गर्ने हो भने पनि ‘मधुपर्क’ मासिकमा प्रकाशित सामग्रीले सामाजिक जीवनका विविध सत्यमाथि गहन व्याख्या विश्लेषण गरेका छन् र यसमा उच्च किसिमको चिन्तन, चेतनाको छाप छोडेका छन् । यस दृष्टिले हेर्दा पनि ‘मधुपर्क’ मासिकले आफ्नो स्थापनाकालदेखि आजपर्यन्त सामाजिक रूपान्तरणका पक्षमा आफ्नोतर्पmबाट दिन सकेको योगदानको उपेक्षा गर्न सकिँदैन ।
प्रत्येक महिना स्वादिलो माधुर्य सामग्री लिएर समाजमा देखापर्ने मधुपर्कले अनेकौँ स्रष्टालाई समाजमा स्थापित गराएको मात्र छैन कतिपयको जन्म र जीवनलाई सार्थक तुल्याएको छ । कतिपय स्रष्टा र सर्जकलाई अमर, अजर तुल्याएको छ र मानिसका अन्तर्हृदयमा स्थापित गर्ने भूमिकासमेत निर्वाह गर्ने काममा सफलता प्राप्त गरेको छ । यसरी हेर्दा ‘मधुपर्क’ मासिकले हाम्रो समाजमा कतिपय साहित्य मर्मज्ञहरूलाई पनि स्थापित गरेको छ र यसले विश्व मानव समाजकै कल्याण हेतु युग सृष्टिको आवश्यकताको पक्षमा अभिनव भूमिका निर्वाह गर्दै आएको पनि छ ।
सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको ‘मधुपर्क’ ले सदैव स्वस्थ चिन्तन र वैचारिक उच्चता अन्तर्निहित सामग्रीलाई विशेष प्राथमिकता दिएर प्रकाशन गर्दै आएको पाइन्छ । देश र समाजप्रतिको सचेतताका कसीमा तटस्थ र विवेकशील रहेर आफ्नो देशको सभ्यता, संस्कृति र मूल्य मान्यताको रक्षकका रूपमा पनि यसले आपूmलाई उभ्याउने जमर्को गरेको छ । यसमा प्रकाशित समाजमा व्याप्त छुवाछुत र उचनीचमा आधारित भावनाविरुद्धका चेतनामूलक सामग्री समाजमा सामाजिक सद्भाव कायम गर्ने दिशामा उत्कृष्ट सामग्रीहरूका रूपमा देखा परेका छन् । यसरी नेपाली भाषा, साहित्य, संस्कृति, कला र वाङ्मय क्षेत्रकै सेवाका माध्यमबाट यो क्षेत्रका साथै सामाजिक रूपान्तरणका पक्षमा पनि विविध किसिमका विचारोत्तजक सामग्री प्रकाशित गर्दै आएको ‘मधुपर्क’ ले यो उद्देश्यलाई आफ्नो कर्मको रूपमा नै आत्मसात् गर्दै आएको अनुभव हुन्छ । समाज र सामाजिक जीवनलाई उन्नत र गतिशील बनाउने दिशामा ‘मधुपर्क’ मासिकमा प्रकाशित सामग्रीहरूले एउटा अक्षय भण्डारकै स्वरूप प्राप्त गरेका छन् । यो आपैmँमा एउटा सामाजिक रूपान्तरणको चिन्तनशील दार्शनिकका रूपमा उभिएको छ । यसको प्रमुख अभिष्ट साहित्य–सेवा र यसको उत्थान भए पनि बहुजन सुखाय र बहुजन हितायको सामाजिक आवश्यकतालाई राम्ररी मनन गर्दै यसको पक्षमा यो अत्यन्त दह्रोसँग उभिएको छ । यस किसिमको उभ्याइसँग जनताको भावधारालाई पनि यसले राम्ररी स्पर्श गर्न सकेको छ ।
भौतिक भूगोलले मात्र राष्ट्र बन्दैन, राष्ट्रका लागि राष्ट्रभाषा हुनु पर्छ र यही भाषाले दीर्घकाल पर्यन्त राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने काम गर्दछ । खहरे, खोला, नदी, पहाड, हिमाल आदिले मात्र कुनै पनि राष्ट्र राष्ट्र बन्न सक्तैन । राष्ट्रको परिचय नै भाषा हो । यो जातीय एकता स्थापित गर्ने महìवपूर्ण आधार पनि हो । “राष्ट्रभाषा नेपालीको अस्तित्व मेटियो भने नेपाल र नेपालीको अस्तित्व पनि मेटिने छ” भनी त्यसै भनिएको होइन । भाषा मानव समुदायबिच विचार विनिमयको महìवपूर्ण साधन पनि हो । समाज विकासको सही आधारशीला र समाजमा राष्ट्रिय चेतना जागृत गर्ने अनि यसको संवर्धन गर्ने एउटा सशक्त माध्यम पनि यही नै हो । समाजका प्रत्येक कार्यकलाप भाषाका माध्यमबाट नै अभिव्यक्तिन पुगिरहेको हुन्छ । यही कारणले भाषालाई आद्यन्त सामाजिक वस्तु मानिन्छ ।
मानव आत्मालाई जगाउने, उनीहरूलाई जीवनपथमा सकारात्मक किसिमले अघि बढ्न सजग र सचेत तुल्याउने, वैराग्य र निराशावाद आदिबाट मुक्त रही आत्मबल, संयम र धैर्यका साथ सदैव अघि बढ्ने दिशामा मानिसहरूभित्र उत्प्रेरणा जागृत गर्ने, सम्प्रदायभन्दा माथि उठेर समाजलाई मानवताको कसीमा हेर्ने सामाजिक विज्ञान भाषामा नै अन्तर्निहित भएको हुन्छ । राष्ट्रलाई युगौँयुगसम्म एउटै सूत्रमा बाँध्ने सशक्त बन्धन पनि हो भाषा । समाजमा नयाँ सोच, नयाँ दृष्टि, नयाँ सन्देश प्रवाहित गर्ने काम भाषा–साहित्यका विविध विधाका माध्यमबाट पत्रपत्रिकाहरूले निरन्तर गरिरहेका हुन्छन् । यसरी कथा, कविता, यात्रा वृत्तान्त, आलोचना, समालोचना, समाचार, टिप्पणी आदि विविध माध्यमबाट एक किसिमले राष्ट्रभाषालाई नै सर्वाङ्गपूर्ण तुल्याउने दिशामा पनि पत्रपत्रिकाहरूले महìवपूर्ण भूमिका निर्वाह गर्ने तथ्य अस्वीकार गर्न सकिँदैन । यस दिशामा सन्ताउन्न वर्षको आफ्नो अविराम अथक यात्राका व्रmममा ‘मधुपर्क’ मासिकले सामाजिक रूपान्तरणका दिशामा निर्वाह गर्दै आएको भूमिका कति महìवपूर्ण रही आएको छ भन्ने तथ्य स्वतः छर्लङ्ग हुन्छ ।
‘मधुपर्क’को प्रत्येक अङ्कभित्र नेपाली समाजले स्थान पाएको छ । नेपाली समाजको विविध किसिमका सामाजिक जिज्ञासाहरूलाई यसमा प्रकाशित सामग्रीहरूले राम्रोसँग सम्बोधन गरेका छन् । यसले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासको क्षेत्रमा दिन सकेको टेवा अविष्मरणीय छ । त्यसैले पनि समाज परिवर्तन र सामाजिक रूपान्तरणका दिशामा यसले निर्वाह गर्दै आएको भूमिका अत्यन्त महìवपूर्ण र अविष्मरणीय पनि रही आएको छ । राष्ट्रभाषा नेपालीको उत्थान र विकासमा पनि यसले अविष्मरणीय काम गर्दै आएको छ ।
राष्ट्रभाषा नेपाली नेपालको स्वाधीनताको परिचय पनि हो । कुनै पनि राष्ट्र विदेशी भाषाको बलमा स्वाधीन रहन सक्तैन नै । यही कारणले गर्दा राष्ट्र र राष्ट्रियताको मूल जग स्वभाषालाई नै मानिन्छ । यो वास्तविकतालाई कसैले पनि अस्वीकार गर्न सक्तैन । यस परिप्रेक्ष्यमा राष्ट्रभाषा नेपालीको विकास, बिस्तार र संरक्षणका दिशामा पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ‘मधुपर्क’ ले महìवपूर्ण भूमिका निर्वाह गरेको छ । यो भाषाका प्रति रुचि, पे्रम र अनुराग उत्पन्न गर्ने दिशामा यसमा प्रकाशित सामग्रीहरूले यथेष्ट योगदान दिएका छन् । नेपाली समाजमा बस्ने मानिसहरूका विविध किसिमका भावधारा र विचारधारालाई भाषाकै माध्यमबाट स्पष्ट पार्ने दिशामा यसमा प्रकाशित अधिकांश रचनाहरू अब्बल रहेका छन् । यसलाई पनि ‘मधुपर्क’ मासिकले निर्वाह गरेको सामाजिक रूपान्तरणको एउटा प्रबल पक्ष मान्न सकिन्छ ।
विद्वान् तथा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठको ‘मधुपर्क’ मासिकको ६५३ औँ अङ्कमा प्रकाशित पत्रपत्रांश स्तम्भमा “मेरा लागि ‘मधुपर्क’ आजको नेपाली साहित्यको खास अनुहार हेर्ने ऐना भएको छ । त्यसैले महिना महिनामा यो खाजा खान पाइएन भने म ठुलो सकसमा पर्ने गर्दछु । त्यसबेला यो खानासाथ तुरुन्त थेरापीको काम गर्दछ र म तगडा हुन्छु ।” भनी ‘मधुपर्क’ मासिक प्रकाशनका सम्बन्धमा अभिव्यक्त गर्नुभएको विचार यहाँ संस्मरणीय हुन पुग्छ । यसले पनि नेपाली समाजमा ‘मधुपर्क’ मासिकले सामाजिक रूपान्तरणका पक्षमा निर्वाह गर्दै आएको भूमिकामाथि थोरै शब्दमा महìवपूर्ण प्रकाश पार्न सकेको पाइन्छ ।
उपर्युक्त यावत् यथार्थको कसीमा सन्तोषजनक व्यवस्थाको अभाव, साहित्यिक पत्रपत्रिका प्रकाशनप्रतिको अनिच्छासूचक विविध किसिमका व्यवस्थापकीय व्रिmयाकलाप, सरकारी स्तरबाट साहित्यिक पत्रपत्रिका प्रकाशनका प्रति दिइनुपर्ने टेवा विपरीत यसप्रतिको उदासिनता आदि विविध पक्षलाई मनन गर्ने हो भने जे जस्तो भौतिक स्वरूपमा प्रकाशित हुँदै आएको भए पनि ‘मधुपर्क’ ले पाउन सकेको प्रकाशन–निरन्तरतलाई कम आँक्न मिल्दैन । यसको नयाँ अङ्क देख्न पाउनु र यसको नाम उच्चारण गर्न पाउनुलाई पनि नेपाली साहित्यका अनुरागीहरूका लागि ठुलै प्राप्तिको विषय बन्न पुगिरहेको पाइन्छ । आफ्नो भाषा, साहित्य, समाज र संस्कृति आदि विविध पक्षमा ‘मधुपर्क’ मासिकले निर्वाह गर्दै आएको उत्कृष्ट भूमिका र यसका माध्यमबाट यसले नेपाली समाजको रूपान्तरणका दिशामा परिचालित गरेको कदम र दिन सकेको योगदान निश्चय पनि अद्वितीय रही आएको छ । ‘मधुपर्क’ मा स्रष्टाहरूका विविध विधाका रचनाहरू प्रकाशित हुँदै आएका छन् । तिनले समाजमा शिवत्वको स्थापना गर्न र समाजका प्रत्येक सदस्यका हृदयभित्र मनुष्यत्वको भावना जागृत गराई मानवीय मूल्य र मान्यता स्थापित गर्दै अघि बढ्नुपर्ने दिशामा सार्थक सन्देश पनि दिएका छन् । यस किसिमका सन्देशहरू निःस्वार्थ र परमार्थ भावनाले अभिप्रेरित पनि छन् । यही कारणले गर्दा ‘मधुपर्क’ मासिककले नेपाली समाजमा आफ्नो एउटा छुट्टै परिचय स्थापित गर्ने काममा सफलता पनि पाएको छ भन्नु अत्युक्ति हुने देखिँदैन ।