• १२ असोज २०८१, शनिबार

यसै सातादेखि चेस प्रतियोगिता हुने

blog

फाइल तस्बिर

काठमाडौँ, असार ६ गते । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

असार ८ देखि ११ गतेसम्म हुने उक्त प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेजको भवनमा आयोजना हुने पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेका अध्यक्ष मोनालिसा खम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता खुला र छात्रा गरी दुई विधामा सञ्चालन गरिने छ ।

गत फागुनदेखि सञ्चालनमा आएको उक्त हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ । एकेडेमीका अध्यक्ष खम्बूले भन्नुभयो, “एकेडेमीले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो, प्रतियोगिताको प्रथम हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार पाउने छन् ।” रासस