• ८ वैशाख २०८२, सोमबार

एकै परिवारका तीन सहित चार जनामाथि चक्कु प्रहर, दुई गम्भिर

blog

शिवराज ढुंगाना 

अछाम, वैशाख १५ गते । विद्यालय परिसरमा नजान भनेको विषयमा विवाद उत्पन्न भएपछि चक्कु प्रहार हुँदा एकै घरमा तीन जना सहित चार जना घाइते भएका छन् । हतियार प्रहारबाट ढकारी गाउँपालिका–३ चोइटीखाली निवासी मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खकेन्द्र बुढा घाइते भएका हुन् । 

बुधबार राती करिब ११ बजे भएको घटनामा गम्भीर घाइते भएका मानबहादुर र हिक्मतको उपचारका लागि राती नै अछाम अस्पताल ल्याइएको छ । तुलसी र खकेन्द्रको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । स्थानीय विवाहमा रमाइलोमा रहेका व्यक्तिहरुलाई विद्यालयको प्राङगणमा नजान  विद्यालयका प्राधानाध्यापक मानबहादुरले आग्रह गरेपछि करिब १० जनाको  समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ । मानबहादुर स्थानीय जनज्योति प्राथमिक विद्यालयका प्रधानाध्पाक हुन भने हिक्मत र तुलसी एकैघरका भाइबहिनी हुन् । खकेन्द्रपनि स्थानीय रहेको बताइएको छ । 

मानबहादुरको टाउको, ढाड र हातमा र हिक्मतको टाउको र हातखुट्टामा धारिलो हतियारले गम्भीर चोट लागेको सोही वडाका अध्यक्ष महादेव बुढाको बताउनुभयो । अछाम प्रहरीका अनुसार घटनामा चक्कु प्रयोग भएको पाइएको छ । 

घटनामा संलग्न भएको आरोपमा ढकारी गाउँपालिका–१ निवासी तपेन्द्र्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो । फरार रहेका अन्य व्यक्तिको खोजी र घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । 

दुई वर्षअघि ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापालाई चोइटीखाली नजिकै खुकुरी प्रहारबाट हत्या गरिएको थियो । अर्का १४ वर्षीय रुद्र थापा गम्भीर घाइते भएका थिए ।