• १२ साउन २०८१, शनिबार

रुसको नदीमा डुबेर मृत्यु भएको तीन भारतीय विद्यार्थीको शव स्वदेश फिर्ता

blog

मुम्बई (महाराष्ट्र), जेठ ३२ गते । रुसको नदीमा डुबेका तीन भारतीय विद्यार्थीको पार्थिव शरीर बिहीबार राती मुम्बई एयरपोर्ट ल्याइएको छ।

रुसको भेलिकी नोभगोरोडमा अवस्थित यारोस्लाव–द–वाइज नोभगोरोड स्टेट युनिभर्सिटीमा अध्ययनरत चार भारतीय विद्यार्थीहरू जुन ७ मा भोल्कोभ नदीमा डुबेका थिए ।

तीन विद्यार्थीहरू जिसन अस्पक पिन्जारी, जिया फिरोज पिन्जारी र हर्षल अनन्तराव देसाको शव भारत फिर्ता ल्याइएको हो ।
रुसस्थित भारतीय दूतावासले गत हप्ता शुक्रबार एक विज्ञप्ति  जारी गर्दै नागरिकहरुलाई जलाशयहरूमा जाँदा अत्यन्त सावधान रहन आग्रह गरेको थियो ।

“रुसमा समय–समयमा यस्ता दुर्भाग्यपूर्ण घटनाहरू भइरहेका छन् । यस्ता घटनामा यस वर्ष अहिलेसम्म चार जना भारतीय विद्यार्थीको ज्यान गइसकेको छ’’, मस्कोस्थित भारतीय दूतावासले जनाएको छ ।

“सन् २०२३ मा दुईवटा घटना र सन् २०२२ मा डुबेर भारतीय विद्यार्थीहरूको मृत्यु भएको छ वटा घटना थिए’’, केही विगतका तथ्याङ्कहरूलाई उद्धत गर्दै दूतावासले जानकारी गरायो । 

दूतावासले रुसमा रहेका भारतीय विद्यार्थीहरूलाई समुद्र तट, नदी, ताल, पोखरी र अन्य जलाशयहरूमा जाँदा अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ। विद्यार्थीहरूलाई यस सन्दर्भमा सबै आवश्यक सावधानी र सुरक्षा उपायहरू अपनाउन सल्लाह दिइन्छ ।

विदेश मन्त्रालयले रुसको विश्वविद्यालयमा अध्ययनरत महाराष्ट्रको जलगाँव जिल्लाका चार भारतीय विद्यार्थी भोल्कोभ नदीमा डुबेर मृत्यु भएको र पाँचौँ विद्यार्थीलाई सुरक्षित उद्धार गरिएको बताएको थियो । रासस/एएनआई