काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ ।
हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लाग्नुभएको हो ।
राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालमा सडक, सिँचाइ, जलविद्युत्, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् ।
यसै बिच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दैछ । बालुवाटारस्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउनुहुने सचिवालयले जनाएको छ ।