• १३ साउन २०८१, आइतबार

धनगढीका विद्यालय जेठ २४ गतेसम्म बिदा

blog

गर्मी बढेपछि सुनसान बनेको धनगढीको सडक । तस्बिरः भावना जोशी

भावना जोशी 

अत्तरिया जेठ १७ गते। कैलाली लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

उपमहानगरपालिकाले  जेठ १८ देखि  २४ गतेसम्म विद्यालयमा  बिदा दिने निर्णय गरेको हो। 

उपमहानगरपालिकाले  एक सूचना जारी धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।  

अहिले दुई बजे धनगढीको तापक्रम ४३  डिग्री सेल्सियस मापन गरिएको छ।