• १२ साउन २०८१, शनिबार

धनगढीका विद्यालयलाई एक हप्ता बिदा

blog

अविनाश चौधरी

धनगढी, जेठ १७ गते । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभरिका विद्यालयमा एक हप्ता बिदा दिएको छ । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको हो ।

बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिनुभयो । 

केही दिन यता धनगढीमा अत्यधिक गर्मी बढेको छ । हिजो मात्र धनगढीको तापक्रम ४३.३६ डिग्री सेल्सियस मापन गरिएको थियो । तातो हावा लू समेत चलिरहेका कारणले चर्को गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।