• १३ साउन २०८१, आइतबार

वोल्डिङ्गका स्थानीयलाई घरबासकै चिन्ता

blog

बाजुरा क्याम्पस। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ १६ गते । बाजुराको पूर्वीउत्रर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–६ को वोल्डिङ्गका स्थानीयलाई बर्सेनि घरबासकै चिन्ता हुन्छ । २०५८ साल मुगुको सोरकुट्याको धैनमा केन्द्र विन्दु बनाएर गएको भूकम्पले यो बस्ती पुरै दर्किएको थियो । 

त्यसैमा कर्णाली कोरिडोरले बस्तीको तलबाट सडक खन्ने काम गरेपछि अहिले यो बस्ती बाढीपहिरोको उच्च जोखिममा रहँदै गएपछि यहाँका स्थानीयलाई हिउँदे बर्खामा घरबासको चिन्ता पर्न थालेको हो। 

वि.स. २०७८-७९ सालको जेठ, असार, साउन र भदौमा आएको ठुलो बाढीपहिरोले यो बस्ती फेरि निकै जोखिममा परेपछि अहिले यहाँका स्थानीय बर्खाको समय कहाँ गएर बसोबास गर्ने भन्ने निकै चिन्ता भएको बताउँछन् । हिउँदमा त यसै जोखिम ठाउँमा बसोबास गर्दै आएका छौँ । अब बर्खा लाग्यो कहाँ गएर बसोबास गर्ने अहिलेदेखि नै चिन्ता लाग्न थालेको हिमाली गाउँपालिका –६ बोलिडङ्गकी हिरा सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बस्ती स्थानान्तरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग धेरै पहल कदमी गर्दै आएको भएपनि अहिले सम्म कतैबाट बस्ती स्थानान्तरण भएको छैन ।”

यसरी बाढीपहिरोको उच्च जोखिम रहेको यो बस्ती कतै स्थानान्तरण नहुँदा अहिले ज्यान जोखिममा राखेर यतै बसोबास गर्न बाध्य भएको सार्कीले बताउनुभयो । बाढीपहिरोबाट पीडित परेका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नसकेपछि अहिले उनीहरू त्यही ठाउँमा ज्यान जोखिममा राखेर बसोबास गर्न बाध्य छन् । 

हिउँदका दिनमा आनन्द मनले त्यही गाउँमा बसोबास गर्दै आएको भएपनि बर्खाको समय भने यहाँका स्थानीयलाई कता जाने भन्ने दिन रात चिन्ता छ । गत वर्षको बर्खामा आएको बाढीपहिरोले यो बस्तीलाई थप जोखिममा पारेको छ । यो बस्तीका स्थानीलाई अन्य कतै जाने ठाउँ नभएपछि १४० दलित तथा ९५ अन्य गरी २३५ घरपरिवार बसोबास यो जोखिम ठाउँमा बसोबास गर्दै आएका छन् । 

बाजुराको स्वामिकार्तिक, जगनाथ, बूढीनन्दा, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीगङ्गा खप्तड छेडेदह लगायतका अधिकांश बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा छन् ।

बस्ती स्थानान्तरणका लागि स्थानीय सरकारले जिल्ला विपद् व्यवस्थापन समितिलाई पटक-पटक जानकारी गर्दै आएको भएपनि सङ्घीय सरकारबाट केही सुनुवाइ नभएको यहाँका जनप्रतिनिधिहरू बताउँछन् । बर्खाको समय बाढीपहिरोले त्रसित बन्दै आएका यहाँका स्थानीयहरूलाई यो बर्खामा पनि कता गएर बसोबास गर्ने भन्ने निकै चिन्ता लागेको छ ।

पानी परेको बेलामा बस्तीको तलमाथिबाट पहिरो जानेगरेकोले उनीहरूलाई कता गएर जीउ जोगाउने भन्ने चिन्ता छ । भूकम्पबाट प्रभावित भएको केही घर निर्माण गरेपनि बस्ती स्थानान्तरणका लागि भने समस्या भएको हिमाली गाउँपालिकाले जनाएको छ । 

जमिन सुरक्षित भएको बस्तीको केही घर निर्माण गर्ने काम भएपनि बस्ती स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समिति बाजुरालाई पटक-पटक जानकारी गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोबाट जोखिममा रहेका यहाँका बस्तीको तथ्याङ्क सङ्कलन गर्दै जिल्ला विपद् व्यवस्थापनमा पठाएका छौँ । उताबाट अहिलेसम्म केही जानकारी नआएकोले यी बस्ती स्थानान्तरण गर्न समस्या भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । बाजुराको नौ वटै स्थानीय तहमा झण्डै १३५ भन्दाबढी बस्ती पछिल्लो समय बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । 

बाढीपहिरो जोखिममा रहेका ती बस्तीको तथ्याङ्क सङ्कलन गरी स्थानान्तरणका लागि गृहमन्त्रालयमा पठाएको भएको भएपनि अहिले सम्म उताबाट केही जनाकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।