• १२ साउन २०८१, शनिबार

रोनाल्डोको ३५ औँ सन्तान जन्मियो

blog

हात्ती प्रजनन केन्द्र खोरसोरमा छावा जन्माएकी हिमाली कली र उसको छावी । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर जेठ १६ गते । जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ ।  हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५ औँ सन्तान जन्मिएको हो । प्रजनन केन्द्रमा रहेको हिमाली कलीले गएकाे मध्य राती छावी जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको हो ।  

रोनाल्डोको ३४ औँ सन्तान गत शनिवार राति कर्णालीकलीले छावालाई जन्म दिएकी थिई । प्रजनन केन्द्रमा जन्मने अधिकांश छावाका बाबु रोनाल्डो हो । केन्द्रका प्रमुख प्रमुख मनिपुरन चौधरीका अनुसार राती हिमाली कलीले  जन्माएको छावी स्वस्थ छ । 

केन्द्रमा हात्तीको बच्चा जन्मनुलाई उत्सवका रूपमा लिइन्छ । केन्द्रमा अहिलेसम्म ६४ वटा बच्चा जन्मिसेकेको छ । जन्मिएकामध्ये ३५ वटा रोनाल्डोका सन्तान भएको बताइन्छ । यो वर्ष पनि केन्द्रमा थप ८ वटा ढोई गर्भवती छन् ।