• ५ जेठ २०८१, शनिबार

एसियाडका लागि एथलेटिक्स खेलाडीको छनोट हुने

blog

काठमाडौँ, वैशाख ११ गते । नेपाल एथलेटिक्स संघले चीनको हाङझोउमा हुने १९औँ संस्करणको एसियाडमा सहभागिताको लागि खेलाडी छनोट गर्ने भएको छ । संघले वैशाख १५ र १६ गते काठमाडौँमा छनोट प्रतियोगिता गर्न लागेको संघका सचिव आरके बिष्टले जानकारी दिनुभयो ।
खेलाडी छनोट प्रतियोगिता दशरथ रंगशालामा हुनेछ । संघले छनोट खेलमा सहभागिताका लागि चार वटा मापदण्ड समेत तोकेको छ । जसमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडी, दक्षिण एशीयाली खेलकुद पछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जितेका खेलाडी, १३औँ दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडी र म्याराथनको हकमा नेपालगन्ज, पोखरा र प्रधानसेनापति म्यारथनका उत्कृष्ट खेलाडीले सहभागिता जनाउन पाउने प्रावधान राखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हालै बसेको बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनमा आयोजना एसियाडमा नेपालले विभिन्न २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ ।