• ५ जेठ २०८१, शनिबार

जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा

blog

जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख ११ गते । प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रतियोगितामा विभागीय टोलीको नेपाल पुलिस, एपिएफ र आर्मी क्लब र देशभरका विभिन्न जिल्लाबाट करिव चार सय खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्पिन इभेन्ट्स प्रालिका अध्यक्ष सुमन शाक्यले जानकारी दिनुभयो । 

नेपालमा लामो समयपछि जुनियरको राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन लागेकोले यसबाट प्रतिभावान खेलाडी आउने नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले जानकारी दिनुभयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिातमा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स १२ वर्ष मुनि, गर्ल्स सिंगल्स १२ वर्ष मुनि स्पर्धां राखिएको छ । 

जुनियर खेलाडीलाई साथ पुग्ने हिसावले भेट्रान्स स्पर्धा पनि समावेश गरिएको आयोजकले जनाएको छ । भेट्रानतर्फ पुरुष ४० बर्ष, ५० बर्ष र ६० बर्षमाथिको एकल स्पर्धा राखिएको छ ।प्रतियोगितामा जुनियर ब्वाइज र गर्ल्स तथा क्याडेट ब्वाइज र गर्ल्सको विजेताले २० हजार, दोस्रोले १० हजार र सेमिफाइनल पुग्नेले पाँच पाँच हजार रुपियाँ पाउनेछन् । 

१२ वर्ष मुनि ब्वाइज सिंगल्स र गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेतालाई १० हजार, उपविजेतालाई पाँच हजार र तेस्रो हुनेलाई जनही २५ सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।