• १३ साउन २०८१, आइतबार

सोह्रखुट्टेमा विदेशी नागरिकको मृत्यु

blog

फाइल फोटो

काठमाडौं, वैशाख ७ गते । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा एक जना विदेशी नागरिकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोह्रखुट्टेमा रहेको मनाङ होटलको सातौं तलाबाट लडेर आयरल्याण्डका नागरिक राहदानी नम्बर पिएच ४९०५२३१ बाहक ३२ वर्षीय एलान फिलिप्स एमसीको बुधबार बिहान मृत्यु भएको हो ।

सोधपुछका लागि उहाँकै साथी ब्रिटेनी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।