• २४ वैशाख २०८१, सोमबार

गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट

blog

काठमाडौँ, वैशाख १२ गते । गोरखापत्र संस्थानले आफ्नो सबै प्रकाशनमा ३३ प्रतिशत छुटको व्यवस्था गरेको छ । ग्राहकको सुविधालाई दृष्टिगत गरी नयाँ वर्ष २०८१ वैशाखदेखि जेठ मसान्तसम्म सो व्यवस्था कार्यान्वयन रहने संस्थानद्वारा जारी सूचनामा जनाइएको छ । 

तीन हजारमा वार्षिक ग्राहक बन्न सकिने गोरखापत्र दैनिकका लागि एक हजार नगद छुटसहित यो अवधिभर दुई हजार रुपियाँमा वार्षिक ग्राहक बन्न सकिने व्यवस्था गरेको छ । यता एक हजार पाँचसय रुपियाँमा अङ्ग्रेजी प्रकाशन द राइजिङ नेपाल डेल्ली एक हजार रुपियाँमै वार्षिक ग्राहक बन्न पाउने सुविधा ल्याएको छ । नगद छुट नलिएमा ग्राहकले संस्थानका अन्य प्रकाशनहरू प्राप्त गर्न सक्नुहुने छ । 

त्यसैगरी संस्थानले  आफ्नो मासिक प्रकाशनहरु  मधुपर्क, युवामञ्चमुना मासिक खरिदमा समेत नगद छुटको व्यवस्था गरेको छ ।