काठमाडौं, वैशाख ६ गते । पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मकाे लागि स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गाेविन्द परियारले प्रधानमन्त्रीकाे अन्य कार्यक्रम परेकाले बैठक दिउँसो २ बजे सरेकाे जानकारी दिनुभयो ।
गठबन्धनको साेमबार बसेकाे बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तयारी, तालमेललगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिइने बताएको थियाे ।
महानगरपालिका र उपमहानगरपालिकाबारे हिजाे नै टुंगाे लगाइने बताइए पनि बैठकमा कुनै निष्कर्ष निस्कन सकेकाे थिएन ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी र गठबन्धन दलका शीर्ष नेताहरु सहभागी हुँदै आउनुभएकाे छ ।