• १२ साउन २०८१, शनिबार

वेस्ट प्वाइन्टलाई ब्राइट फ्युचर कप फुटसल उपाधि

blog

उपाधि विजेता वेस्ट प्वाइन्टका खेलाडी ।

काठमाडौँ, वैशाख ९ गते । तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि वेस्ट प्वाइन्टले जितेको छ । नैकापस्थित आयोजक कोर्टमा आइतबार भएको फाइनल खेलमा वेस्ट प्वाइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले हरायो । 

उपाधिसँगै वेस्ट प्वाइन्टले ३५ हजार रुपियाँसहित नआठ लाख ४० हजार रुपियाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको छ । उपविजेता जेसिसले २० हजार रुपियाँ र पाँच लाख २५ हजार रुपियाँ बराबरको छात्रवृत्ति पुरस्कार पायो । सहभागी टोलीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजक ब्राइट फ्युचर कलेजका श्यामकृष्ण महर्जनले जानकारी दिनुभयो । 

प्रतियोगितामा वेस्ट प्वाइन्टका केशरजंग भुजेल उत्कृष्ट खेलाडी चुनिनुभयो । यस्तै जेसिस स्कुलका तोयानाथ भण्डारी उत्कृष्ट गोलरक्षक, वेस्ट प्वाइन्टका सन्देश भण्डारी सर्वाधिक गोलकर्ता र अनुशासित टिमको उपाधि कंकाली मावि, नैकापले हात पारेको छ । 

विजेतालाई श्रीलङ्काका धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पीएल परेरा, चन्द्रागिरि नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीलगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले गर्नुभएको थियो ।