• २० वैशाख २०८१, बिहिबार

टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

blog

काठमाडौँ, वैशाख ७ गते । टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो । 

राजधानी अंकाराबाट करिब ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । भूकम्पको धक्का छिमेकी प्रान्तमा महसुस गरिएको निजी प्रसारक एनटिभीले जनाएको छ । एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन् । सिन्हाको सहयोगमा