• १७ असार २०८१, सोमबार

महेन्द्रको शालिक अनावरण

blog

अविनाश चौधरी

धनगढी, वैशाख ५ गते । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चौकमा स्वर्गीय राजा महेन्द्रको शालिक पुनस्र्थापना गरिएको छ । चोकमा रहेको शालिक २०६२–६३ सालको जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो । 

आन्दोलनकारीले महेन्द्रको शालिक तोडफोड गरेको डेढ दशकपछि अत्तरिया चौकमा पुनः शालिक पुनस्र्थापना गरिएको हो । सोमबार एक कार्यक्रमवीच श्री लोमस गिरी महाराजले शालिकको अनावरण गर्नुभयो । 

यसअघि, अत्तरिया चौकमा २०४३ फागुन ७ गते स्वर्गीय राजा महेन्द्रको शालिक राखिएको थियो । त्यो बेला तत्कालीन राजा स्वर्गीय वीरेन्द्र वीरविक्रम शाहले शालिकको अनवारण गर्नुभएको थियो । जनआन्दोलनका क्रममा शालिक तोडफोड भएपछि स्थानीय राजनीतिक दल, युवा, बुद्धिजीवी, व्यवसायीको अग्रसरतामा पुनः शालिक पुनस्र्थापना गरिएको हो ।