• १९ असार २०८१, बुधबार

जनकपुरधाममा ४१ डिग्री तापक्रम, जनजीवन कष्टकर बन्दै

blog

स्मृति मिश्र

धनुषा, वैशाख ५ गते । तराई क्षेत्रमा गर्मी बढेसँगै जनजीवन अस्तव्यस्त हुन थालेको छ । सोमबार जनकपुरधामको तापक्रम ४१ डिग्री सेल्सियस मापन भएको छ । 

टन्टलापुर घामसँगैको तातो हावाका कारण गर्मीको अनुभूति तीव्र भएपछि सडकमा हिँड्डुल नसकिन अवस्था आएको हो । बनिबुतो गरेर जीवनयापन गर्नेहरूको जनजीवन कष्टकर भएको छ । गर्मीका कारण साना तथा मझौला उद्योग, खेतीकिसानी, सडकमा गरिने व्यापार आदिको समय नै बदल्नुपरेको छ । धेरैजसो व्यापारी, मजदुर र ज्यामीहरू बिहान तथा बेलुका काम गरिरहेका छन् । 

‘यसपालि होली नसकिँदै गर्मीको अनुभव बढी हुन थालेको मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयका प्रवक्ता सुजितकुमार झाले बताउनुभयो । उहाँले मनसुन सुरु नहुँदासम्म रातदिन गर्मीबाट जनता प्रभावित भइरहने स्थिति रहेको बताउनुभयो ।