• २४ वैशाख २०८१, सोमबार

बस दुर्घटनामा अछामका एक युवककाे मृत्यु

blog

भारतको पुना (पुणे)बाट धनगढी आउँदै गरेको बस दुर्घटना । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना
मंगलसेन, वैशाख ४ गते ।
भारतको पुना (पुणे)बाट धनगढी आउँदै गरेको बस दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुणेबाट बसमा घर आउन लागेका कमबलजार नगरपालिका–२ बजुडाका ४० वर्षीय लालबहादुर खड्काको निधन भएको हो ।

बसमा सवार रहेका २३ जना घाइते भएका र उनीहरुको पुणेको मालीगाउँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेहरुकाे विवरण खुल्न सकेको छैन ।

धनगढी आउँदै गरेको यात्रुवाहक बस भारतको नासिकस्थित मालीगाउँमा सोमबार बिहान करिब ९ बजे दुर्घटना भएको थियो ।

आइतबार पुणेबाट सुदूरपश्चिमका यात्रु ल्याएर आएको उक्त बसमा एकसय १० जना यात्रु रहेको र अर्को सवारी साधनभन्दा अगाडि जाने बेलामा दुर्घटना भएको बताइएको छ ।