• १३ साउन २०८१, आइतबार

प्राज्ञिक कार्यक्रम परिमार्जन गर्न सुझाव

blog

सचिन पोख्रेल

सुन्दर हरैचा (मोरङ), वैशाख ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको उज्यालो भविष्य निर्माणका लागि व्यावहारिक तथा जीवनोपयोगी खोज र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीलाई आत्मनिर्भर र रोजगारमूलक बनाउन नसक्ने बताउनुहुँदै उहाँले अहिले विश्वविद्यालयले सञ्चालन गरिरहेका प्राज्ञिक कार्यक्रमलाई आवश्यक सुधार र परिमार्जित गर्दै अघि बढ्न सुझाव दिनुभयो । 

पूर्वाञ्चल विश्वविद्यालयको आइतबार आयोजित १०औँ दीक्षान्त समारोहलाई कुलपतिसमेतको हैसियतबाट शुभकामना सन्देश पठाउनुहुँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय उच्च शिक्षाको माध्यमबाट स्वदेश र विदेशका विभिन्न क्षेत्रमा आवश्यक प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको अपरिहार्यता रहेको उल्लेख गर्नुभयो । 

“हाम्रो मुख्य राष्ट्रिय चिन्ताको विषय भनेको बौद्धिक जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र विकास निर्माण कार्यमा स्वदेशी जनशक्तिको न्यूनतम उपलब्धता र सहभागिता हो,” सन्देशमार्फत प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनि विदेशी विश्वविद्यालयलाई तिर्ने अर्बौं रकम मुलुकभित्र सदुपयोग गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भइसकेको पनि स्पष्ट पार्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापनाको तीन दशकको यात्रा क्रममा राष्ट्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा महìवपूर्ण योगदान पु-याएको भन्नुहुँदै प्रधानमन्त्री देउवाले प्रशंसा पनि गर्नुभयो । 

समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाको विकास र विस्तारबाट मात्र मुलुकको विकास सम्भव छ